काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री नियुक्त हुनुभएका स्वतन्त्र सांसद दीपक मनाङेले सपथ ग्रहण गर्नुभएको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मनाङेलाई सपथ ग्रहण गराउनुभएको हो । सपथ ग्रहण कार्यक्रममा सभामुख र अन्य दलका मुख्य नेताहरु भने उपस्थित हुनुभएन । नवनियुक्त मन्त्री मनाङे मनाङ प्रदेश ‘ख’ को स्वतन्त्र सांसदका रुपमा विजयी हुनुभएको थियो ।