कूटनीतिक राहदानी दुरुपयोग रोक्ने संयन्त्र खोज्दै
काठमाडौँ, विदेश भ्रमणमा जाँदा सहजरूपमा कूटनीतिक राहदानी (रातो पासपोर्ट) पाउनुपर्ने सांसदले माग गरेपछि यसको सम्भावित दुरुपयोग नियन्त्रण गर्ने संयन्त्रको खोजी हुन थालेको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा राहदानीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ माथिको