काठमाडौं । वाग्मती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ ग्रहण गर्नुभएको छ । नवनियुक्त उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री सुरेश नेपाल, सामाजिक विकास मन्त्री सरस्वती बस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री, सामाजिक विकास राज्यमन्त्री डा. रामकुमार अधिकारीले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो ।
नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुखले र राज्यमन्त्रीलाई प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री डोरमणि पौडेल शपथ ग्रहण गराउनुभयो । यसका साथै आजै उहाँहरुले पदभार ग्रहण गर्नुभएको बताइएको छ ।