गोदावरी नगरपालिकाका पाँच स्थानमा ५ सय गुर्जो रोपियो
काठमाडौँ । देशव्यापी गुर्जो रोपणको अभियान चलाउनुभएका अभियानकर्मी कमलबहादुर राजलवटको नेतृत्वमा ललितपुरका पाँच स्थानमा ५०० बोट गुर्जो रोपण गरिएको छ । गोदावरी नगरपालिका–१ गोदामचौर, २ को विशङ्खुनारायण, ४ को बडीखेल, ९ को छम्पी र वडा नं १४ को ठैब क्षेत्रमा