दुई महिनासम्म स्थगित गण्डकी प्रदेशसभा बैठक आज बस्दै
पोखरा । झण्डै दुई महिनादेखि स्थगित गण्डकी प्रदेशसभाको बैठक आज बस्ने भएको छ । गत असार ३० गते मार्शल लगाएर बजेट पारित गरेपछि अर्को सूचना जारी नभएसम्मका लागि भन्दै स्थगित भएको गण्डकी प्रदेश सभा बैठक आज बस्ने भएको हो ।