बुटवल । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार सदस्य रहेका नन्दीकेशर ढकाल एमालेमै फर्किनुभएको छ ।
मंगलबार एमाले बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनमा सहभागी हुँदै उहाँले समाजवादी छाड्नुभएको हो । उहाँलाई एमालेमा पार्टीका उपमहासचिव विष्णु पौडेलले स्वागत गर्नुभएको थियो ।
अधिवेशनअघि ढकालले उपमहासचिव पौडेलसँग छलफल गर्नुभएको थियो । छलफलपछि उहाँ मूल पार्टीमै फर्किएर अधिवेशनमा सहभागिता जनाउनुभएको हो । ढकाल रुपन्देहीमा एमालेका पुराना नेताका रूपमा चिनिनुहुन्छ ।