एमाले महाधिवेशनः आचारसंहिताविपरीत उम्मेदवारको भड्किलो प्रचार
चितवन । एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएकाहरूले निर्वाचन आचारसंहिताविपरीत भड्किलो प्रचार गरेका छन् । एमाले केन्द्रीय निर्वाचन समितिले जारी गरेको आचारसंहितामा केन्द्रीय कमिटीका उम्मेदवारले भिजिटिङ कार्डभन्दा ठूलो साइजका प्रचार सामग्री बनाएर प्रचार गर्न नपाइने उल्लेख गरेको छ ।