Margadarsan


  • एमाले डडेल्धुराको अध्यक्षमा साउद निर्वाचित

    मार्गदर्शन २५ पुष २०७८, आईतवार

    डडेल्धुरा । नेकपा एमाले डडेल्धुराको अध्यक्षमा प्रकाश साउद सर्वसम्मत निर्वाचित भएका छन् । आठौँ जिल्ला अधिवेशनबाट वर्तमान अध्यक्षसमेत रहेका साउद सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

    अध्यक्ष पदमा अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझाले पनि उम्मेदवारी दिएका थिए । तर, अन्तिममा उनले साउदलाई नै समर्थन गरेका थिए ।
    यस्तै उपाध्यक्षमा धनबहादुर धामी (विवेक), सचिवमा गजेन्द्र शाही, उप–सचिवमा मीन बोगटी र अन्जु गैरे चयन भएका छन् । अन्य पदमा पनि सहमति प्रयास भइरहेको एमाले डडेल्धुराले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया