राष्ट्रपति भण्डारीले गर्नुभयो उपत्यकाका विभिन्न शक्तिपीठको पूजाअर्चना (फोटो फिचर)
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी बडादशैँ २०७८ को महाष्टमीका अवसरमा आज काठमाडौँस्थित विभिन्न शक्तिपीठमा दर्शन तथा पूजा अर्चना गर्नुभएको छ । यस क्रममा राष्ट्रपति भण्डारीले मन्दिरमा उपस्थित पूजारी र सर्वसाधारणलाई दशैँको शुभकामना दिनाका साथै उहाँहरुका सुझाव ग्रहण गर्नुभएको छ ।