तपाईंहरु काम गर्नुहोस्, बजेट म मिलाउँछु : अध्यक्ष तिमिल्सिना
पर्वत, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकास निर्माणका काममा ढिलासुस्ती नगर्न आग्रह गर्नुभएको छ । गृह जिल्ला पर्वत आउनुभएका अध्यक्ष तिमिल्सिनाले विभिन्न योजनाहरुको अनुगमन गर्दै जिल्लामा सञ्चालित भौतिक पूर्वाधार निर्माणका योजनाहरु समयमै तोकिएको मापदण्ड र गुणस्तरमा सम्पन्न गर्न निर्देशन दिनुभएको हो