तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिदा २ जनाको मृत्यु भएको छ भने कार र मोटरसाइकल नदीमा खसेको प्रहरीले जनाएको छ ।
मर्स्याङ्दी नदी किनारमा भेटिएका दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ ।
पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजी कार्य गरिरहेको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको तलको भाग कटान गर्दा सडक भाँसिएर जोखिम र राजमार्ग अवरुद्ध बनेको छ ।
सडक भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको प्रहरीले जनाएको छ ।