कास्की । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने माग गर्दै पोखरामा नेकपा एमालेको भातृ संगठन युवा संघले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । युवा संघका कार्यकर्ताले पोखरा, पृथ्वीचोकमा शुक्रबार साँझ मसाल जुलुस, नाराबाजी गर्दै प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेका थिए ।
सो विरोध प्रदर्शनमा उनीहरुले शंख फुक्दै पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यवृद्धि फिर्ता गर्नसमेत माग गरेका थिए । उनीहरुले चर्को मूल्यवृद्धि फिर्ता नगरे कडा आन्दोनमा उत्रिने बताएका थिए ।