काठमाडौं । बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा सडकहरु अवरुद्ध भएका छन् ।
लमजुङको बेँसीशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा गए राति पहिरो जाँदा सडक अवरोध भएको छ ।
अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरी टोलीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङस्थित सडकमा शुक्रबार बिहान पहिरो जाँदा बेनी–जोमसोम सडकखण्ड अवरोध भएको छ ।
अस्थायी प्रहरी पोष्ट तिप्ल्याङबाट खटिएको प्रहरी टोलीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित बेलचौतारा–भिमाद भित्री सडकखण्डको स्याउली बजारमा नयाँ बनाउँदै गरेको रोडमा वर्षाको कारण खाडल परी गए राति सडक अवरोध भएको छ ।
इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
नवलपरासी (पूर्व)को बिनयी त्रिवेणी गाउँपालिका–१ स्थित पूर्व पश्चिम राजमार्गमा पुल निर्माणको लागि बनाईएको डाईभर्सन गएराति बगाएपछि सडक अवरोध भएको छ ।
इलाका प्रहरी कार्यालय नयाँबेलहनीबाट खटिएको प्रहरीटोलीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । बाढी तथा पहिरो गएको स्थानमा तत्काल खटिएको प्रहरी आवश्यक उद्धार कार्य भइरहेको छ ।