कास्की । केहीदिनदेखि परेको अविरल वर्षाका कारण पोखराको सडक भासिएको छ । पोखरा वडा नम्बर ४ को फिर्केमा सडक भासिएर दुई चिरा परेको छ भने घर पनि भासिएको छ ।
फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरिया कर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको बताइएको छ ।
सडक भासिएसँगै सडक किनारमा रहेको एउटा कच्चिघरमा समेत भ्वाङ परेको छ । घरको बाहिरी भाग ठीक भएपनि भित्री कोठा भासिएर ओडारजस्तो भएको बताइएको छ ।
भासिएको सडकको पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले स्थलगत अनुगमन गरेकी छिन् । बर्खा लागे सँगै पोखरा उपत्यकाका धेरै ठाउँहरूमा सडक भासिएका छन् ।