अवरुद्ध संसद खोल्न सभामुखले बोलाए सर्वदलिय बैठक
काठमाडौं, प्रतिनिधिसभा बैठक लगातार अवरुद्ध भएपछि संसद सुचारु गर्न सभामुख कृष्णबहादुर महराले सर्वदीय बैठक बोलाएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहीबार बोलाइएको बैठकमा सभामुखले संसद सुचारु गर्न दलका नेताहरूसँग छलफल गर्ने सभामुखका प्रेस संयोजक डिल्ली मल्लले जनाएका छन्