हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । सो प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।
उहाँले आज ७ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्नुभएको छ । नवगठित मन्त्रिपरिषदमा केशव खड्का भौतिक पूर्वाधार विकासमन्त्री तथा डा. अजय क्रान्ति शाक्य आन्तरिक मामिला तथा कानूनमन्त्री बन्नुभएको छ । उहाँहरु दुवैले आ-आफ्नो मन्त्रालयको जिम्मेवारी आजैदेखि सम्हाल्नुहुनेछ ।
मन्त्री बनेका सबैले आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएकाे छ ।
नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूको जिम्मेवारी यस प्रकार तोकिएको छ :
१. अष्टलक्ष्मी शाक्य,मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२.केशवराज पाण्डे, मन्त्री, भौतीक पूर्वाधार विकास मन्त्रालय
३. रचना खड्का, मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय
४. विजय सुबेदी, मन्त्री, सामाजिक विकास मन्त्रालय
५. शान्तिप्रसाद पौडेल, मन्त्री, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय
६ . प्रदिप कुमार कटुवाल क्षेत्री, मन्त्री, स्वास्थ्य मन्त्रालय
७. डा.अजय क्रान्ति शाक्य, मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय
८.चन्द्र लामा,मन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
९ .जिवन खड्का, राज्यमन्त्री, भौतीक पूर्वाधार विकास मन्त्रालय
१० .सरस्वती बाटी, राज्यमन्त्री, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय
११. जुनेली श्रेष्ठ, राज्यमन्त्री, सामाजिक विकास मन्त्रालय
१२. बद्रि मैनाली, राज्यमन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय