काठमाडौं । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । मन्त्रालयले वर्तमान प्रजिअ कालिप्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गरेको हो ।
मन्त्रालयले उहाँको ठाउँमा मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाएको छ । मन्त्रालयमा हाजिर भएपछि पराजुलीको शाखा तोकिने बताइएको छ ।
वर्तमान प्रजिअ पराजुलीसँग बालुवाटार र गृहमन्त्रालय रुष्ट थियो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टी बनाउने प्रक्रियामा चन्द्रागिरी रिसोर्टमा केन्द्रीय सदस्यहरुको भेला राखेको भन्दै सीडीओ पराजुलीले महामारीको वेला भिड जम्मा गरेकाले रिसोर्टलाई स्पष्टिकरण सोध्नुभएको थियो । तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पराजुलीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो ।