प्रदेश प्रमुख शर्माद्वारा पद तथा गोपनीयताको शपथ
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवनमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा १६७ अनुसार उहाँले प्रदेश प्रमुख पदको शपथ लिनुभएको हो । त्यस अवसरमा