काठमाडौं । नेपाल भेटनरी एशोसिएसनले पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयकमा भएका त्रुटीहरु संसोधन गरेर मात्र अघि बढाउन माग गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर एसोसियशनले उठाएका जायज मागहरुको नजरअन्दान गरी उक्त विधेयक प्रतिनिधि सभाबाट पारित गरिएको भन्दै त्यसको विरोधमा कार्यक्रम सार्वजनिक गरेको हो । एशोसिएसनले कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवले आफुहरुले उठाएका मागहरुको नजरअन्दाज गरी संसदमा उक्त विधेयक पेश गरेको आरोप लगाएको छ ।
त्यसको विरोधमा आगामी भदौ १ गतेदेखि ५ गतेसम्म कार्यक्रमहरु सार्वजनिक गर्दै सम्ुपर्ण सदस्यहरुलाई कार्यक्रममा सहभागिता जनाउन एसोसिएशनले आग्रह गरेको छ । विरोधस्वरुप भदौ १ गते कार्यस्थलमा कालोपट्टि बाँधेर विरोध जनाउने, भाद्र २ गते पेन डाउन, कामकाज बन्द गर्ने, त्यस्तै, भाद्र ३, ४ र ५ गते काठमाडौ केन्द्रित मेला, अत्यावश्यकका वाहेक उपचार सेवा बन्द गर्ने लगाएतका छन् ।
पत्रकार सम्मेलनमा नेपाल भेटनरी एशोसिएसनका कार्यवाहक अध्यक्ष प्रा.डा.कृष्णभक्त काफ्लेले आफुहरुले उठाएका मागहरुको नजरअन्दाज गरी पेलेर संसदमा उक्त विधेयक पेश गरेर पारित गरेको भन्दै आपक्ति जनाएका छन् । उनले विधेयकमा भएका कमजोरीलाई राष्ट्रिय सभाबाट सच्चाएर एसोसिएशनले उठाएका जायज मागहरु सम्बोधन गर्न माग गरेका छन् ।
उनले जुन असहमतिका विषय कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिमा पठाइने भनिए पनि उक्त समितिले समेत आफुहरुले उठाएका न्युनतम जायज मागहरुलाई वेवास्ता गरेको बताए ।