काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल हिमाली जिल्लाहरुमा पनि सक्रिय भएको छ । परिषदले ११ हिमाली जिल्लाहरूमा शैक्षिक सामाग्रीहरू वितरण गर्ने भएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर परिषदले कक्षा ११ र १२ मा अध्ययनरत १८ सय १० जना विद्यार्थीहरूलाई ३२ लाख २७ हजार मूल्य बराबरको शैक्षिक सामाग्री वितरण गर्न लागेको जानकारी दिएको हो । परिषदको सेवाकार्यअन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम २०७९मा सिन्धुपाल्चोक, दोलखा, रसुवा, बझाङ, ताप्लेजुङ, मनाङ, मुस्ताङ, गोरखा, मुगु, डोल्पा र हुम्ला जिल्लामा शैक्षिक सामग्री वितरण गर्ने भएको हो ।
पत्रकार सम्मेलनमा बौल्दै प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकालले यो वर्षमात्रै नभएर विगत २७ वर्षदेखि नै परिषदले विद्यार्थीलक्षित शैक्षिक सामाग्रीहरु वितरण गर्दै आएको जानकारी दिएका छन् ।
उनले निस्वार्थ रुपले विद्यार्थीहरुलाई सहयोग गर्ने परिषदको मुख्य उद्देश्य रहेको भन्दै भुकम्प र कोरोना पीडितलाई पनि सहयोग गरेको बताए ।


















