काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आईरहेको बिशेष चेकिङ अभियान अन्तरगत आज १ सय १४ जना चालकहरु कारवाहीमा परेका छन् ।
कलेजका बिधार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको हो । जसमा सवारी चालक अनुमती पत्र प्राप्त नगरी सवारी साधन चलाउने ४८ जना, आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ४२ जना, लापरवाहीका साथ सवारी साधन चलाउने ११ जना, तिब्र गतिमा सवारी साधन चलाउने ८ जना, हेलमेट नलगाउने ३ जना, दुईपाङ्ग्रे सवारी साधनमा ३ जना सवार २ जना चालकहरू कारवाहीमा परेका छन् ।




















