घटस्थापनापछि काठमाडौं छाड्नेको लर्को, तीन दिनमै दुई लाख फर्किए गाउँ
काठमाडौं । दसैँको घटस्थापनापछि स्थलमार्गबाट काठमाडौं उपत्यका छाड्ने यात्रुको लर्को लागेको छ । घटस्थापनासँगै उपत्यका छाडेर जिल्ला/ गाउँ फर्किनेको संख्या ह्वात्तै बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । उपत्यकाको नागढुंगा, बल्खु, जगाते, मुड्खु, जरसिंहपौवा, टोखा र चन्द्रागिरिसहितका नाकाबाट