काठमाडौँ । आज काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
दिउँसो देशका पहाडी भेगका थोरै स्थान र तराई क्षेत्रका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित क्षणिक÷हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले बताएकी छिन् ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा वर्षा हुने सम्भावना छ भने बागमती प्रदेशमा वर्षा हुने सम्भावना अलि कम रहेको मौसमविद् नगरकोटीले बताएकी छिन् । तराईको हकमा कोशी प्रदेशका तराई क्षेत्रमा वर्षाको सम्भावना बढी छ।
मौसम महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति पनि देशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना छ।
यसैबीच आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको मौसमविद् नगरकोटीले जानकारी दिएकी छिन् ।



















