ललितपुरमा बस दुर्घटना हुँदा ८ जना घाइते
काठमाडौँ । ललितपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । सोमबार दिउँसो ललितपुर महानगरपालिका ४, बागडोलमा बस पल्टिएको ललितपुर प्रहरीले जनाएको छ । एकान्तकुनाबाट बल्खुतर्फ गइरहेको बा ३ ख २७१८ नम्बरको मध्य उपत्यका बस पल्टिएको थियो ।