काठमाडौँ । मौसम वदली र वर्षासँगै देशका विभिन्न भागमा बढेको गर्मी कम हुँदै गएको छ । देशको पूर्वी क्षेत्रमा तापक्रम घटेको भने मध्य र पश्चिम क्षेत्रमा भने तापक्रम यथावत् रहेको मौसमविद्हरुले बताएका छन्।
मौसमविदका अनुसार मौसम बदली र वर्षा हुने क्रम बढेकाले अब अन्य क्षेत्रमा पनि क्रमशः तापक्रम कम हुँदै जानेछ।
आज पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको बताइएको छ ।
महाशाखाका अनुसार आज दिउँसो पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।


















