डेंगु नियन्त्रणका लागि काम भइरहेको स्वास्थ्यमन्त्रीको दावी
काठमाडौं । स्वास्थ्य भवानीप्रसाद खापुङले डेंगु नियन्त्रणका लागि सरकारले काम गरिरहेको दावी गरेका छन् । बिहीबार मन्त्रालयमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुको ज्ञापन पत्र बुझ्दै मन्त्री खापुङले डेंगु नियन्त्रणका निरन्तर छलफल भइरहेको र एक्सनमा जाने काम भइरहेको बताएका हुन् ।