मौसम पूर्वानुमानः कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। जसका कारण पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।