भक्तपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, पाँचजना घाइते
भक्तपुर । भक्तपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते छन् । ट्रयाक्टरमा सवार चाँगुनारायण नगरपालिका–५ निवासी ४५ वर्षीय हरिगोविन्द सुवालको उपचारका क्रममा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए