काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ स्थित दहचोकको खहरे थापागाउँमा एक ६८ वर्षीया महिलाको हत्या भएको छ। हत्या अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंकी डिएसपी पूर्णिमा चन्दका अनुसार पक्राउ परेका व्यक्ति ३२ वर्षीय सरोज थापा हुन्, जो खहरे थापागाउँकै स्थायी बासिन्दा हुन्।
उनमाथि चन्द्रागिरि–६ महादेवस्थान घर भई हाल माइती पक्षमा खहरे थापागाउँमा बस्दै आएकी पवित्रा केसीको हत्या गरेको आरोप छ। प्रारम्भिक अनुसन्धान अनुसार, दाउराको चिर्पटले टाउकामा प्रहार गरेर हत्या गरिएको बताइएको छ।
घटनाको यथार्थ कारण भने अहिलेसम्म खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
मृतकको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

























