काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं २० को वडा कार्यालय भीमसेनस्थान नजिकको घरमा भीषण आगलागी भएको छ । बिहान करिब ४ आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पूर्णिमा चन्दले जानकारी दिइन् ।
उनका अनुसार नेपाली सेना, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका सहित ६ वटा दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।
क्षतिको विवरण संकलन भइरहेको उनको भनाई छ । प्रारम्भिक अनुसन्धानमा कपडा पसलबाट आगलागी भएको हो ।

























