सिन्धुली । जिल्लामा सोमबार दिउँसो भएको छुट्टा–छुट्टै दुर्घटनामा १६ जना घाईते भएका छन् । त्यसमध्य तीनजनाको अवस्था गम्भिर छ ।
वीपी राजमार्गमा सोमबार दिउँसो डबल क्याप बोलेर दुर्घटना हुँदा १३ जना घाइते भएका हुन् । राजमार्गअन्र्तगत रहेको सिन्धुलीको सुनकोशी गाउँपालिका–६ भालुखोलामा दुर्घटना भएको हो ।
जिल्लाकै गोलञ्जोर गाउँपालिका–४ का २६ वर्षीय ओमबहादुर रानामगरले चलाएको बा २० च ९३१ नम्बरको बोलेरो गाडी काठमाडौबाट धापचौकीतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकबाट ५० मिटर तल सुनकोसी नदीमा खसेको जिल्ला प्रहरीले कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार गाडीका चालकसहित १३ जना घाईते भएका हुन् ।
घाइते हुनेहरुमध्य एक जनाको अवस्था गम्भिर छ । गोलञ्जोर गाउँपालिका–४ का २३ वर्षीय प्रेम मगर गम्भिर घाईते भएका हुन् । गोलञ्जोरकै २० बर्षीया मालति खुलाल, १७ वर्षीय भोजबहादुर थापा, २२ वर्षीय जम्पा खुलाल, ११ वर्षीय सुशन मगर, केदार थापामगर, २० वर्षीया रोजिना थापामगर, २२ वर्षीय ज्ञानेन्द्र मगर, ३५ वर्षीय ताराबहादुर खुलाल, ८ बर्षीय नितेश मगर, २२ वर्षीया रोश्मी मगर, २५ वर्षीय ओम आलेमगर र २६ वर्षीय ओमबहादर रानामगर घाईते छन् ।
घाईतेलाई इलाका प्रहरी कार्यालय खुर्कोटको टोली र सशस्त्र प्रहरी विपद् बेस क्याम्प खुर्कोटको संयुक्त टोलीले उद्धार गरी सुनकोशी सामुदायिक अस्पताल पुर्याइएको छ ।
त्यसैगरी, जिल्लाको दुधौली नगरपालिका–५ ठाकुर खोला पुलस्थित मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना युवा घाइते भएका छन् । त्यसमध्य दुई जनाको अवस्था गम्भिर छ । घाईते युवाहरुको तत्काल नाम थर वतन नखुलेको प्रहरी उपरिक्षक सुवेदीले जानकारी दिए । उनका अनुसार दुधौलीको सिर्थौलीबाट डकाहातर्फ आउँदै गरेको ग ८ प २७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको फलामको रेलिङमा ठक्कर खाई दुर्घटना भएको थियो ।
घाइतेलाई उद्दार गरी उपचारको लागी दुधौली नगर अस्पताल सिर्थौली पठाइएकोे छ । घाइते तीनै जनाले मापसे गरेर मोटरसाइकल चलाएको पाइएको प्रहरी उपरिक्षक सुवेदीले जानकारी दिए ।

























