काभ्रेमा पुल भाँचिदा यातायात पूर्ण रुपमा अवरुद्ध
काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गएराति भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट संघीय राजधानी काठमाडौं जाने वैकल्पिक मार्गका रुपमा