चितवन । खैरहनी नगरपालिका–८ चैनपुर चोकमा कन्टेनर ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।
पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको मधेश प्रदेश ०३–००२ ख ०७९९ नम्बरको कन्टेनर ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६–००५ प ७७६८ नम्बरको मोटरसाइकललाई शनिबार राति करिब १२ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक राप्ती नगरपालिका–७ का १९ वर्षीय श्रीराम कंडेल र पछाडि सवार राप्ती नगरपालिका–५ की २० वर्षीया बिमला तामाङ गम्भीर घाइते भएका थिए। उनीहरूलाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको थियो।
तर, उपचारका क्रममा कंडेलको राति १:२५ बजे र तामाङको २ बजेतिर मृत्यु भएको अस्पतालले पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

























