काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका एक फरार प्रतिवादी ज्ञानबहादुर बम्जन पुनः प्रहरी नियन्त्रणमा आएका छन्।
सिन्धुलीको दुधौली घर भएका बम्जनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो। परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार उनलाई सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरिएको हो ।
बम्जन जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार भएका थिए। उनी कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा हिरासतमा रहेका थिए। बम्जन सहकारीका मुख्य आरोपी जीबी राईका जेठान समेत हुन्।
यसअघि उनी पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा समेत संलग्न रहेका थिए। सो प्रकरणमा अदालतको आदेशपछि उनलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गरिएको थियो।

























