तिहारको समाप्तिसँगै तराई-मधेशमा छठ पर्वको चहलपहल सुरु
काठमाण्डौ । यस वर्षको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । तराइ–मधेशमा छठ पर्वको आवश्यक तयारी र चहलपहल शुरू भएको छ । छठपर्व कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ ।