धनुषा । अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा धनुषामा एक महिलाको मृत्यु भएको छ।
मिथिला नगरपालिका–११ स्थित बर्दिबास–सिन्धुली सडकखण्ड नजिकैको आँपगाछी टोलमा आज बिहान पहिरोले घर भत्काउँदा स्थानीय ४२ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।
टिनको छानो भएको काठको घरमा पहिरो खसेपछि घर भत्किएर श्रेष्ठ पुरिएकी थिइन्।
घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस नक्टाझिज, धनुषा, सुरक्षा बेस गौरीडाँडा, महोत्तरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त उद्धार टोलीले जेसीबीको सहयोगमा उनको शव निकालेको हो।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार शव पोस्टमार्टमका लागि बर्दिबास अस्पताल, महोत्तरी पठाइएको छ।



















