आगलागी पीडितलाई तत्काल राहत र पुनस्थापनाको व्यवस्था गर्न राष्ट्रपति भण्डारीको आग्रह
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ताप्लेजुङको दोभान बजारमा भएको आगलागीप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आगलागी पीडितलाई तत्काल राहत र पुनस्थापनाको व्यवस्था गर्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत् राष्ट्रपति भण्डारीले ‘ताप्लेजुङ्को आगलागीमा परी चार दर्जनभन्दा बढी घरसहित