झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउनका लागि नेकपा एमाले सरकारमा हुनैपर्ने बताउनुभएको छ । आज झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।
अध्यक्ष ओलीले सामाजिक सुरक्षाको अवधारणा आफूहरुले ल्याएको बताउनु भएको छ । उहाँले ‘खासगरी सामाजिक सुरक्षाको अवधारणा हामीले ल्याएका हौँ, जहाँ जहाँ आवश्यक छ त्यहाँ त्यहाँ पुर्याउने कोशिस गरेका छौं,ज्येष्ठ नागरिकदेखि एकल महिलासम्म ।’ उहाँले जेष्ठ नागरिकबाट सुरु गरेको सामाजिक सुरक्षा भत्ता शारीरिक रुपमा अशक्त भएका व्यक्तिले पनि पाउनेगरी व्यवस्था गरेको बताउनु भएको छ ।
अध्यक्ष ओलीले भोलि आफूहरु फेरी सरकारमा हुने र सामाजिक सुरक्षाको अवधारणालाई अझ व्यापक बनाउने बताउनुभयो । अध्यक्ष ओलीले अपांगताका भएका व्यक्तिलाई कर्तव्यको हिसाबले सधैं आफ्नो सहयोग रहने बताउनुभयो ।