हिजोआज पानी छैन तामाको गाग्रीमा
पोखरा–६ लेकसाइड गौरीघाटकी ५६ वर्षीय जमुना भुजेललाई घर अगाडिको सार्वजनिक धारामा प्लाष्टिकका बोत्तल र जार लिएर पानी भर्न आउने सर्वसाधरणको घुइँचो देख्दा आफ्ना पालाको तामाको गाग्रीको झझल्को आउँछ । अचेल कता गए होलान् तामाका गाग्री रु एन्को रन्को छ ।