महिला टि-२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिका र न्यूजिल्यान्ड भिड्दै
यूएई । महिला टि-२० विश्वकप क्रिकेटको फाइनलमा न्यूजिल्यान्ड र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्ने भएका छन्। दोस्रो सेमिफाइनलमा गएराति वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै न्यूजिल्यान्ड फाइनलमा पुगेको हो। यसअघि पहिलो सेमिफाइलनमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगिसकेको छ।