काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को नवौं दिनको दोस्रो खेलमा कर्णालीले पोखराविरुद्ध ७ विकेटको जित हात पारेको छ। त्रिवि क्रिकेट मैदानमा १०४ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।
यो कर्णालीको तेस्रो जित हो भने पोखराको तेस्रो हार हो। कर्णालीले यसअघि ४ खेलमा पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेट, काठमाडौंसँग ३ विकेटको हार बेहोरेको थियो। तेस्रो खेलमा चितवनलाई ६ विकेटले हराएको कर्णालीले चौथो खेलमा विराटनगरलाई ७ रनले हराएको हो।
कर्णालीका लागि गुल्सन झाले सर्वाधिक रन बनाए। उनले ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ४९ रनमा अविजित रहे ।