पुलिस एन्फा लिगको दोस्रो चरणमा
काठमाडौँ । जारी एन्फा महिला लिग-२०२४ फुटबल प्रतियोगिता अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबले संकटा महिला फुटबल क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा पुलिसले संकटामाथि २-१ गोल अन्तरको जित निकालेको हो