काठमाडौं । नेपाली युवा टोलीले यूएईमा जारी यू-१९ एसिया कपको आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराएको छ।
अफगानिस्तानले पहिले ब्याटिङ गर्दै बनाएको १२४ रनको चुनौती नेपाली टोलीले ४१ ओभर ३ बलमै भेट्टाएर जित पक्का गरेको हो ।
नेपाललाई जिताउने क्रममा नरेन साउदले सर्वाधिक २६ रनको योगदान दिए । त्यसपछि अविजित रहेका कप्तान हेमन्त धामी २२ रनको योगदान दिए । नेपालका अन्य ब्याटरमा अर्जुन कुमालले २१, अभिषेक तिवारीले १३, आकाश त्रिपाठीले ९, रोशन विश्वकर्माले ९ रन बनाए ।
नेपाल कुनै समय ८४ रनमा आठ विकेट गुमाएर धरासायी भएको थियो। तर नेपाललाई हेमन्त र नरेनले सम्हाल्दै जितसम्म डोर्याए । दुवैले नवौँ विकेटका लागि ३१ रनको साझेदारी गरेपछि नेपालले जित निकाल्न सक्यो ।