काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको दोस्रो खेलमा आज चितवन राइनोजले काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गरेको छ ।
काठमाडौंले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । चितवनका सन्तोष कार्कीले सर्वाधिक अविजित २८ रन जोडे । ल्यूक मार्टिन बेनकेन्स्टाइले २२ रन बनाए ।
पाकिस्तानका अनुभवी बलर सोहेल तनबीरको कसिलो बलिङमा काठमाडौं गर्खाज्का ब्याटरहरु चल्न नसक्दा रनस्कोर बढी बनाउन नसकेको र निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १११ रन मात्र बनाउन सकेको खेल समीक्षकहरुले बताएका छन् ।
यता चितवनका लागि तनवीरले पाँच विकेट लिँदा रिजन ढकाल, कुशल मल्ल, अमर रौतेदा र ल्युक बेन्केस्टिनले एक÷एक विकेट लिए । त्यसअघि त्रिवि अन्तर्राष्ट्रिय मैदानमा चितवनले टस जित्दै पहिला ब्याटिङको निम्तो काठमाडौंलाई दिएको थियो ।