युरोकपमा पोर्चुगल र बेल्जियमबीचको खेल आज हुँदै
काठमाडौं । युरोकप २०२० अन्तर्गत आज पोर्चुगल र बेल्जियमबीचको खेल हुँदैछ । साविक विजेता पोर्चुगलले समूह चरणमै विश्व विजेता फ्रान्स अनि सर्वाधिक ३ पटकको विजेता जर्मनीसँग खेलिसकेको छ । फेरि एकपटक पोर्चुगलको लागि अर्को ठूलो टिम विपक्षीको रुपमा छ ।