काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले कुनै एक व्यक्तिका कारण समग्र क्रिकेटमा असर पर्न दिन नहुने बताएका छन् ।
बिहीबार किर्तिपुरस्थित टियु मैदानमा नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रममा चन्दले क्रिकेट सामूहिक खेल भएकाले कुनै व्यक्तिमा पर्ने घटना परिघटनाले क्रिकेटमा बाधा पर्न नहुने बताएका हुन ।
नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामेछानेमाथि एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो ।
त्यस्तै चन्दले क्रिकेट पूर्वाधारको बिकासका लागि सरकारले धेरै सहयोग गरेको बताएका छन् ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता बिहीबारबाट सुरु भएको हो ।