अमेरिकामा खेल्ने एकदिवसीय टिम घोषणा
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अमेरिका भ्रमणको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । बुधबार नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले शृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेका हुन् ।