नेपालको टोकियो ओलम्पिक यात्रा समाप्त, सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिइन्
काठमाडौँ । जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएसँगै नेपालको टोकियो ओलम्पिक यात्रा समाप्त भएको छ । आज बिहान भएको महिला १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती ९ खेलाडीमध्ये आठौं हुनुभयो ।