मकवानपुरका लामाद्वारा एन्फा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । असार ६ गते हुने एन्फाको साधारणसभा तथा अधिवेशनका लागि उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।