अलास्कामा दुर्घटनाग्रस्त विमान फेला, १० जनाकै मृत्यु भएको पुष्टि
सान फ्रान्सिस्को । अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी तटबाट हराइरहेको १० जना सवार विमानको विवरणसँग मिल्दोजुल्दो एउटा दुर्घटनाग्रस्त विमान फेला पारेको बताएको छ । उक्त विमान पश्चिमी अलास्काको नोम सहरबाट करिब ५४ किलोमिटर दक्षिणपूर्वमा फेला परेको थियो ।